खेलाडीको आग्रहमा दोस्रो रुकुम कपको मिति सारियो

अत्यधिक धन राशी रहेको दोस्रो रुकुम कप को मिति सारियको छ। सहभागी हुने टिमको आग्रहमा खेल सारिएको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम बुढाले जानकारी दिनुभयो । आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले लगभग सबै राष्ट्रिय खेलाडीलाई रुकुम भित्र्याउन धुम धाम  तयारी गरियको सम्पुर्ण तयारी सम्पन्न भयको तर खेलाडी हरु पुग्न नसक्ने अबस्था आय पछि खेलाडी आफैले खेल सार्न अनुरोध गरेकाले खेल गराउन भन्दा पनि खेलप्रेमी दर्शक महानुभाब हरु को माग लाई मध्य नजर गर्दै खेलको मिति सारियको अध्यक्ष बुढा ले बताउनु भयो। यस सङ्गै कुनै पनि ब्यक्तिगत स्वार्थ  खेलप्रेमहरु समक्ष निकै अगाडि देखि प्रचार प्रसार गरि  भावना लाई ठेस पुर्याउनु  कार्यक्रमको अन्तिम मितिमा खेल सार्नु कुनै यो गलत मनसायले नभइ मिति तल माथी भय पनि खेलप्रेमी दर्शक महानुभाब हरु समक्ष प्रचार प्रसार गरे अनुरुपका खेलाडीहरु को उपस्थिति गराउने अभिप्रायले खेल सारियको आयोजकले जानकारी दिनु भयो।   विभिन्न कारणले सबै खेलाडी पुग्न नसकेपछि अर्को सूचना नभएसम्मका लागि खेल सारिएको उहाँको भनाई छ ।  सहभागी टिम र खेलाडीको आग्रहमा खेल सारिएको प्रायजसो राष्ट्रिय खेलाडीहरू भलिबल खेल्न युएईको दुबई जानुभएको थियो, त्यहाँ भारी वर्षाले एयरपोर्ट बन्द हुँदा खेलाडी आउन ढिला भयो, सबैको सल्लाहमा केही दिन खेल सार्ने निर्णय भएको हो, उहाँले भन्नुभयो ।’ प्रतियोगिता को सम्पुर्ण तयारी समयमै सम्पन्न भयको र अब जति सक्दो चाडाे खेल  सञ्चालन हुने समेत उहाले  जानकारी दिनु भयो ।