कर्णालीमा १०औँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म सञ्चालन हुने

कर्णालीमा १०औँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म सञ्चालन हुने

 कर्णाली प्रदेशमा आयोजना हुने बहुप्रतिक्षित १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति तय भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले आगामी मंसिर १६ देखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि एवं खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको बोर्ड बैठकले लामो समयदेखि अन्योलमा रहेको खेलकुदको मिति अन्तिम रूपमा टुंगो लगाएको हो।

पटक-पटक स्थगितपछिको नयाँ मिति
यसअघि २०८१ मंसिरमा गर्ने तालिका रहे पनि आवश्यक खेल पूर्वाधार र प्राविधिक तयारी पूरा नहुँदा प्रतियोगिता पटक-पटक धकेलिँदै आएको थियो। लगातार मिति परिवर्तन र स्थगनका कारण खेलाडी तथा खेल प्रेमीहरूमा निराशा छाएको थियो।

मुख्य चुनौती:

नयाँ मिति घोषणासँगै अब तोकिएकै समयभित्र भौतिक संरचनाको निर्माण, मर्मतसम्भार र सम्पूर्ण व्यवस्थापकीय तयारी पूरा गरेर प्रतियोगिता सफलतापूर्वक सम्पन्न गराउनु आयोजकका लागि ठूलो परीक्षा हुनेछ।