ढोरपाटनमा विविध खेलकुद प्रतियोगिताका साथ जनैपूर्णिमा मेला तथा आलु महोत्सव सम्पन्न

ढोरपाटन। ढोरपाटन नगरपालिकाको आयोजनामा भदौ १० गतेदेखि सञ्चालित जनैपूर्णिमा मेला तथा प्रथम ढोरपाटन आलु महोत्सव-२०८३ औपचारिक रूपमा सम्पन्न भएको छ। भोटेकोशी नदीमा आएको बाढीका कारण सांस्कृतिक कार्यक्रम स्थगित गरी खेलकुद गतिविधिलाई मुख्य प्राथमिकता दिएर मेला समापन गरिएको आयोजकले जनाएको छ।

महोत्सवका अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेताहरू:

पुरुष भलिबल: १८ टोलीको सहभागिता रहेको प्रतियोगितामा स्याङ्जाको चिनामनी समूह प्रथम (रु. २,०१,१११), ढोरपाटन-६ दोस्रो (रु. १,२१,१११) र ढोरपाटन-७ तेस्रो (रु. ५१,१११) भए।

महिला भलिबल: ४ टोली सहभागी प्रतिस्पर्धामा बुकिपाटन होटल प्रथम (रु. १,०१,१११) र निसीखोलाको गोरुजुरे फाउन्डेसन दोस्रो (रु. ५१,१११) बने।

७-ए-साइड पुरुष फुटबल: बुर्तिबाङ युथ फुटबल क्लब प्रथम (रु. १,०१,१११) र ढोरपाटन-७ दोस्रो (रु. ५१,१११) भए।

विजयी सबै टोलीलाई नगद पुरस्कारका साथै कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।