सुर्खेत जिल्ला भलिबल संघको अध्यक्षमा रबिन्द्र जंग शाही चयन, पाँचौँ अधिवेशन भव्यताका साथ सम्पन्न

वीरेन्द्रनगर, सुर्खेत – सुर्खेत जिल्ला भलिबल संघको पाँचौँ जिल्ला अधिवेशन वीरेन्द्रनगरमा भव्य रूपमा सम्पन्न भएको छ। संघका निवर्तमान अध्यक्ष सोम बहादुर श्रेष्ठ (मंगल) को अध्यक्षता तथा जिल्ला खेलकुद विकास समिति सुर्खेतका कार्यालय प्रमुख बिरोध बिक्रम जि.सी.को प्रमुख आतिथ्यतामा अधिवेशनको औपचारिक उद्घाटन गरिएको थियो।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि जि.सी.ले सुर्खेतमा भलिबल खेलको विकास, खेलाडी उत्पादन र खेल पूर्वाधार निर्माणमा जिल्ला भलिबल संघले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।
अधिवेशनले रबिन्द्र जंग शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवनिर्वाचित कार्यसमिति:
-
अध्यक्ष: रबिन्द्र जंग शाही
-
उपाध्यक्ष: गगन सिंह ठकुरी
-
सचिव: धन बहादुर चौधरी
-
कोषाध्यक्ष: गणेश शाही
-
सदस्यहरू: अमृता बिष्ट, गोपाल गुरुङ, डम्बर बि.सी., तिर्थ गाहा लगायत
-
प्रदेश प्रतिनिधि: खगेन्द्र जि.सी. र दुर्गा रेग्मी लगायत
नवनिर्वाचित नेतृत्वले सुर्खेत जिल्लामा भलिबल खेलको प्रवर्द्धन, व्यावसायिकता र नयाँ प्रतिभा उजागर गर्न सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेको छ।
नवनिर्वाचित अध्यक्ष रबिन्द्र जंग शाहीसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको हार्दिक बधाई तथा शुभकामना!


कर्णाली भिजन । आइतबार, भदौ २१, २०८३