चार वर्षदेखि रोकिएको खेलाडीको पुरस्कार कर्णाली सरकारद्वारा एकमुष्ट वितरण

सुर्खेत — कर्णाली प्रदेश सरकारले विगत चार वर्षदेखि रोकिएको खेलाडीहरूको नगद पुरस्कार एकमुष्ट वितरण गरेको छ। विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय, अन्तरप्रदेश तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताहरूमा पदक जित्न सफल करिब १५० जना खेलाडीलाई नगद रकमसहित सम्मान गरिएको हो।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अनुसार यसपटक पुरस्कार वितरणमा कुल ५० लाख रुपैयाँभन्दा बढी रकम खर्च भएको छ।
सर्वाधिक रकम जित्ने खेलाडीहरूविगत चार वर्षको उत्कृष्ट प्रदर्शनका आधारमा कराँतेकी एलिसा रास्कोटीले सबैभन्दा बढी ११ लाख ७० हजार रुपैयाँ प्राप्त गरेकी छन्।
प्रियंका शाही (कराँते): रु. ३ लाख ५ हजार
दीपक हमाल (उसु): रु. १ लाख ५० हजार
कृतिका कटुवाल (कराँते): रु. १ लाख २७ हजार
बिनिता पण्डित क्षेत्री (कबड्डी): रु. १ लाख
यस्तै दीपक विक (कराँते), विपिन शर्मा र रोशन शाही (क्रिकेट) लगायतका खेलाडीहरूले पनि पदकका आधारमा नगद पुरस्कार हात पारेका छन्।पुरस्कार रकमको वर्गिकरणप्रतियोगिताको स्तरस्वर्ण पदकरजत पदककास्य पदकअन्तर्राष्ट्रिय प्रतियोगितारु. २,५०,०००रु. २,००,०००रु. ७५,०००एसियाली खेलकुद–रु. १,००,०००राष्ट्रिय / अन्तरप्रदेश / राष्ट्रपति रनिङ शिल्डरु. २०,०००रु. १५,०००रु. १०,०००”प्राविधिक कारणले यसपटक छुटेका बाँकी खेलाडीहरूलाई आगामी कार्यक्रममा सम्मान गरिनेछ। परिषद्ले खेलाडीको प्रोत्साहनका लागि पुरस्कार वितरणलाई निरन्तरता दिनेछ।”
— रविन्द्र चन्द, सदस्य-सचिव (कर्णाली प्रदेश खेलकुद विकास परिषद्)
लामो समयको प्रतीक्षापछि प्राप्त यो सम्मानले कर्णालीका खेलाडीहरूमा नयाँ उत्साह थपेको छ भने आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा थप उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिल्ने विश्वास लिइएको छ।

कर्णाली भिजन । बुधबार, साउन २७, २०८३