बुटवलमा ७ लाख पुरस्कार राशिको अन्तर्राष्ट्रिय भलिबल, ६ देशका टोली भिड्ने
बुटवल — बुटवल मण्डपमा आगामी असोज १२ देखि १७ गतेसम्म ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता-२०८३’ हुने भएको छ। मदन भण्डारी स्पोर्टस एकेडेमीको बैठकले प्रतियोगिता आयोजनाको औपचारिक घोषणा गरेको हो।
यस पटक प्रतियोगितामा घरेलु ३ टोलीसहित भारत, चीन, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशका राष्ट्रियस्तरका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।
पुरस्कार विवरण:
प्रथम: रु ७ लाख
द्वितीय: रु ३ लाख ५० हजार
तृतीय: रु १ लाख ७५ हजार
चौथो: रु ७५ हजार
सर्वोत्कृष्ट खेलाडी: रु १५ हजार
विधागत उत्कृष्ट (स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्स र कोच): जनही रु ८ हजार
अनुमानित १ करोड १८ लाख रुपैयाँ बजेट रहेको यस प्रतियोगितामा १२८ भन्दा बढी खेलाडीहरूको सहभागिता रहनेछ।

एकेडेमीको संरचनालाई थप प्रभावकारी र सक्रिय बनाउन केन्द्रीय नेतृत्व तथा प्रदेश संयोजकहरूमा व्यापक फेरबदल गरिएको छ।
#### **१. केन्द्रीय पदाधिकारीहरू:**
* **वरिष्ठ उपाध्यक्ष:** मोहन रेग्मी
* **उपाध्यक्ष:** झक बहादुर मिदुन
* **महासचिव:** मदन उप्रेती
* **उपमहासचिव:** चन्द्र बदना राई र राम बहादुर केसी
* **सचिव:** उदय अर्याल, निलम बज्राचार्य, बिनोद आचार्य र नन्दु काउचा
* **कोषाध्यक्ष:** कमल ढकाल
#### **२. नवमनोनित केन्द्रीय सदस्यहरू:**
* **रुपन्देही:** सिरिशा कार्की
* **सुदूरपश्चिम:** अमरावती राना, राजिव राना र शिवराज राना
* **गण्डकी:** ऋषिराम गौतम र अनन्त श्रेष्ठ
* **मधेश प्रदेश:** राजेश महतो**३. प्रदेश संयोजक तथा अध्यक्षहरू:
* **कोशी प्रदेश (संयोजक):** उदय कुमार अर्याल
* **मधेश प्रदेश (अध्यक्ष):** रबिन्द्र राज भण्डारी
* **बागमती प्रदेश (संयोजक):** राम बहादुर केसी
* **गण्डकी प्रदेश (अध्यक्ष):** गिरमान गुरुङ
* **लुम्बिनी प्रदेश (संयोजक):** बुद्धि बस्याल
* **कर्णाली प्रदेश (अध्यक्ष):** गोपाल बहादुर शाही
* **सुदूरपश्चिम प्रदेश (संयोजक):** ज्ञानुराज दगौरा

कर्णाली भिजन । बुधबार, साउन २७, २०८३