सल्यानको सल्ली बजार स्थित रिभर टाउन फुटबल मैदानमा आयोजना हुन गइरहेको ‘२१ औँ श्रीकृष्ण जन्माष्टमी कप २०८३’ खुल्ला पुरुष फुटबल प्रतियोगिताको खेल तालिका औपचारिक रूपमा सार्वजनिक गरिएको छ।
अध्यक्ष श्री हिरालाल परियार र रेफ्री संयोजक श्री मदन घर्ती मगरको उपस्थितिमा गोला प्रथा (लक्की ड्र) गरी निष्पक्ष रूपमा खेल तालिका तयार पारिएको हो। रिभर टाउन स्पोर्ट्स क्लब (R.T.S.C.) को आयोजनामा हुन गइरहेको यस प्रतियोगितामा जम्मा १६ वटा टिमहरूको सहभागिता रहनेछ।
आयोजकका अनुसार प्रतियोगिताको टिम दर्ता २०८३ भदौ १३ गतेदेखि भदौ १७ गते दिउँसो २ बजेसम्म खुला गरियको थियो । प्रतियोगिताका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण ‘नमस्ते सुर्खेत’ (Namaste Surkhete HD) मार्फत हुनेछ।
मुख्य विवरण:
प्रतियोगिता: २१ औँ श्रीकृष्ण जन्माष्टमी कप २०८३ (खुल्ला पुरुष फुटबल)
आयोजक: रिभर टाउन स्पोर्ट्स क्लब (River Town Sports Club)
स्थान: रिभर टाउन फुटबल मैदान, सल्यान बजार, सल्यान
सहभागी टिम: १६ टिम
प्रत्यक्ष प्रसारण: नमस्ते सुर्खेत HD (LIVE ON NAMASTE SURKHETE)

कर्णाली भिजन । बिहिबार, भदौ १८, २०८३