दोस्रो किङ्गस कप भलिबल प्रतियोगिता श्रवाण २३ देखि शुरु

  1. मिति २०८०/४/१३ गते का दिन किङ्गस क्लब द्वारा संचालन हुने दोस्रो किङ्गस कप को पत्रकार सम्मेलन समापन भयको छ उक्त सम्मेलन गर्नुको मुख्य उदेश्य किङ्गस कप पुरुष भलिबल प्रतियोगिता २०८० को बारेमा जानकारी गराउनु हो बिगतका बर्षमा क्लब स्थापना सङ्गै पहिलो सस्करण नेपाली भलिबल खेल इतिहासमा नै पहिलो पटक घान्द्रुक दुर्घटनामा अकालमै ज्यान गुमाउनु भयका क्लबका सकृय सदस्य बिनय पन्तको स्मृतिमा स्वर्गीय बिनय पन्त स्मृति कप पार्क पुरुष भलिबल प्रतियोगिता २०७९ सब्य र भब्य रूपमा सफलता पुर्बक सम्पन्न गरिसकेको कुरा अबगत गराउदै नेपाली भलिबल बिकासका निम्ति इट्टा थप्न्न लागि परेको कुरा किङ्गस क्लब मा अध्यक्ष श्री अञ्चल शाही ठकुरी ले जानकारी दिनु भयो।उक्त  सम्मेलनमा किङ्गस क्लब का विशेष सल्लाहकार, महासचिव , कोषाध्यक्ष , अन्तर्राष्ट्रिय रेफ्री लागायत यस कप मा सौजन्य गर्नु हुने सहयोगि संघ सस्था लगायत का ब्याक्ति  को भब्य उपस्थिति रहेको थियोे।किङ्गस क्लब काठमाडौं ले क्लब स्थापना दिबसको अबसर पारि दोस्रो सस्करण दोस्रो किङ्गस कप पुरुष भलिबल प्रतियोगिता २०८० यहि मिति २०८० श्रावण २३ देखि २७ गते सम्म दोरपाटन भलिबल प्रशिक्षण केन्द्र नया बसपार्क काठमाडौंको खेलमैदानमा आयोजना गर्न गइरहेको कुराक्लब ले जानकारी दियो । प्रतियोगितामा बिभागिय टिम सहित ८ देखि १० टिमले सहभागिता जनाउने अपेक्षा गरेको कुरा क्लब ले बतायो।