
चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदअन्तर्गत उसुको अन्तिम खेलाडी छनोट प्रतियोगिता सोमबार सम्पन्न भएको छ । थाउलोमा ७ र सान्सौंमा ५ गरी जम्मा १२ खेलाडी छनोट भएको उसुका मुख्य प्रशिक्षक अम्बरकुमार थिङले जनाएका छन् ।
थाउलोतर्फ छानछ्वानको पुरुषमा नेपाल आर्मीका विजय सिन्जाली तथा महिलामा आर्मीकै सुस्मिता तामाङ, नान् छ्वान अलराउन्डको पुरुषमा कर्णाली प्रदेशका दीपक हमाल तथा महिलामा बागमतीकी निमा घर्ती मगर छनिए । थाइची छ्वान अलराउन्डको पुरुषमा आर्मीका पासाङ शेर्पा तथा महिलामा आर्मीकै सविता राई, महिला चेन सु/छियाङ सुमा एपीएफकी कविता थापा छनोट हुन सफल भए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको सान्सौंतर्फ पुरुष ५६ केजीमा एपीएफका रोहित चुनारो, ६० केजीमा एपीएफकै मंगलप्रसाद थारु, ६५ केजीमा नेपाल प्रहरीका समन घुस्री र ७० केजीमा आर्मीका पदम राईले अन्तिम छनोटमा सफलता पाए । महिला ५२ केजीमा आर्मीकी एलिना चौधरी सफल भइन् ।
त्यसैगरी कराते तर्फ कर्णाली प्रदेश बाट एलिसा रास्कोटि मगर र उसु तर्फ दिपक हमाल छ्नोटमा पर्न सफल ।

कर्णाली भिजन । मङ्गलबार, असार ०५, २०८०