किङ्गस क्लब द्वारा संचालित दोस्रो किङ्गस कप पुरुष भलिबल को समउद्घाटन पहिलो दिन ३ खेल सम्पन्न

मिति २०८०/४/२३ बाट शुरु भयको किङ्गस कप द्वारा संचालित दोस्रो किङ्गस कप पुरुष भलिबल खेल आज बाट शुरु भयको छ उक्त खेलमा सभापति रुपमा किङ्गस क्लबका अध्यक्ष अञ्चल शाही ठकुरि प्रमुख अतिथि रास्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष पर्यटन व्यावसायिक डिल बिकास राज भण्डारी , विशिष्ट अथिती रास्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य युवा व्यावसायि देबि कंडेल विशिष्ट अतीथि गण्डकी प्रदेश भलिबल संघ अध्यक्ष नवीन गुरुङ साथै अतिथि हरु किङ्गस क्लबका सल्लाहकार किरण घर्ती बिरु लामा लगायतका अतिथि हरु को आतिथ्यता  रहेको उक्त कार्यक्रममा सभापतिकिङ्गस क्लबका अध्यक्ष अञ्चल शाही ठकुरि र प्रमुख अतिथि रास्ट्रिय प्रजातन्त्र पार्टी उपाध्यक्ष डिल बिकास राज भण्डारी को हात बाट दिप प्रज्वलित गरि कार्यक्रम को समउद्घाटन भयको थियो मौसम को खराबीका बाबजुत पनि खेल शुरु भयको हो । आज को पहिलो दिन ३ खेल बाट शुरु भयको हो। उक्त खेलमा पहिलो खेल नेपाल पुलिस क्लब र गणतान्त्रिक खेलकुद महासंघ, दोस्रो खेल गण्डकी र किङ्गस क्लब र अन्तिम खेल खोटाङ र गुरुङ मगर समाज बिच रहेको थियो।खेलमा आफ्नो मधुरबाणिले सबै लाई मन्दमुघ्द बनाउने कलाकार प्रकाश रसाइली भाबुकले उद्घोषण गर्न भयको थियो भने पहिले दिन मा भलिबल प्रेमी दर्शनक हरु को उपस्थिति राम्रै रहेको थियो ।