पाँचौ रास्ट्रपति रनिङ्ग सिल्ड रानिबासमा उद्घघाटन

चिङ्गाड गाउँपालिकामा स्वास्थ्यको लागि खेलकुद, रास्ट्रका लागि खेलकुद,सबैका लागि खेलकुद भन्ने मुल नाराका साथ पाँचौ रास्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता कार्यक्रम मंगलबार बाट शुरु भयको छ । सभाअध्यक्ष भिम बहादुर बि.क , प्रमुख अतिथि चिङ्गाड गाउँपालिका अध्यक्ष बोध बिक्रम जि.सि साथै विशिष्ट अतिथी मिना कुमारी रोकाय विशेष अतिथि चिङ्गाड गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत समिक्षा सोमै को प्रमुख आतिथ्यता रहेको थियोे भने अतिथीहरुमा पाकिका स्तरीय राजनैतिक दल, कार्यपालिका सदस्य ,वडा अध्यक्ष ,खेलकुद बिकास समिती सदस्यहरु,बिद्यालय खेलकुद शिक्षक हरु को उपस्थिति रहेको थियो ।उद्घघाटन समारोहमा स्वागत मन्तव्य जनता मा.बि रानिबासका प्राचार्य बिनोद कुमार यादवबाट भयको थियो।समारोहमा पन्चेबाजा, पैसरीनाज स्वागत गित, नृत्य प्रस्तुत गरियको थियो। कार्यक्रममा यस गाउँपालिकाका ६ वतै वडाका बिद्यालयले सहाभागिता जनाएको छ।यश प्रतियोगिता दौड, कबद्दी र भलिबल रहेका छन भने पहिलो दिन ५०० मिटर दौड सम्पन्न भयको छ अन्य खेल भोलि बिहान ८ बजे देखि हुने जानकारी गराइयको छ।∠