ठाटि मेलाको उद्घघाटन रक्षा मन्त्री देखि आर्थिक मन्त्रीको आतिथ्यता

  • ठाटि बजार ब्यबस्थापन समितीको आयोजनामा संचालित ठाटि मेला आजबाट औपचारी रुपमा समउद्घघाटन भयको छ । उद्घघाटन समारोहमा सभाअध्यक्ष महेश जिसि प्रमुख अतिथी नेपाल सरकार मानवीय उपप्रधान तथा रक्षा मन्त्री पुर्ण बहादुर खडका विशिष्ट अतिथी कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री वेद राज सिंह लगायत अतिथीहरुमा चिङ्गाड गाउँपालिका अध्यक्ष बोध बिक्रम जिसि उपाध्यक्ष मिना कुमारी रोकाय चिङ्गाड गाउँपालिका वडा न ३,४,५,६ का वडा अध्यक्ष लगायतका अन्य अतिथीहरु को आतिथ्यता रहेको थियो । आज स्थानीय स्तरमामा प्रचलित लोक नृत्य झाकी हरु मयुर नाच,पञ्चेबाजा,सिङारु नाच,खैजडि नाच , पैसडि नाच,लहरे नाच लगायत हुडके नाच पनि प्रदर्शन गरियको थियो उक्त नाचलाई मुल्यांकनका लागि वरिष्ठ नृत्य निर्देशक कुलमान नेपाली र रास्ट्रिय लोक दोहोरी प्रतिस्ठान केन्द्रिय सदस्य खडक चन्द रहनु भयको थियोे ।