तेस्रो त्रिवेणि गोल्डकप कर्णाली प्रदेश अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको आज सम्पन्न भयको छ। कर्णाली सेवा समाज द्वारा आयोजित यस तेस्रो त्रिवेणि गाेल्ड कप कर्णाली प्रदेशमै अत्याधिक ठुलो धनरासी (रु.३,३३३३३) को उपाधी बनगाड कुपिन्डे सल्यानले हात पारेको हो ।
उपबिजेता हुनेमा कालिकोट खाडाचक्र नगरपालिका रहेको छ । त्यसैगरि तृतीय स्थान हासिल गर्न सफल सुर्खेत गुर्भाकोट नगरपालिका रहेको हो। खेल भरी मै अनुशासित र उत्कृष्ट खेल देखाउन सफल खेलाडीको उपाधी सुर्खेत गुर्भाकोटका खेलाडी समीर रावतले हासिल गरेका हुन। अत्याधिक ठुलो धनराशी रहेको यस खेललाई सब्य र भब्य रुपमा सफल भयको र खेल र खेलाडी प्रती सदा सर्बदा उच्च सम्मान गर्ने, खेलाडीहरु का पिर मौका बुझी हाम्रा भन्दा राम्रा खेलाडीहरु लाई बढावा दिने हाम्रो अभियान रहेको बताउदै कर्णाली सेवा समाजका सस्थापक अध्यक्ष तथा नेपाली काङ्ग्रेसका भातृ संगठन नेपाल तरुण दलका केन्द्रिय सदस्य,सान्नीत्रिवेणी गाउँपालिका प्रथम वडा अध्यक्ष नरेश बमले बताउदै कार्यक्रमको समापन भयको घोषणा गर्नु भयो ।



कर्णाली भिजन । बिहिबार, कार्तिक १६, २०८०