प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टिम एपीएफ र बाग्मती प्रदेश फाइनल प्रवेश गरेको छ ।
मंगलबार भयको पहिलो सेमिफाइलन खेलमा कोशी प्रदेशलाई सोझो सेटमा हराउँदै एपीएफ फाइनल त्यसैगरी लुम्बिनी प्रदेशलाई सोझो सेटमा पछि पार्दै APF क्लब र बाग्मती प्रदेश फाइनल प्रवेश गरेको हो ।
सहज जित निकाल्ने क्रममा एपीएफले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो ।
पहिलो सेमिफाइनलमा
पहिलो सेट २५–६ ले जितेको एपीएफले दोस्रो सेट २५–७ र तेस्रो सेट २५–३ को हात पारेको थियो ।त्यसैगरी दोस्रो सेमिफाइनलमा बाग्मतीले लुम्बिनी प्रदेशलाई पहिलो सेट २५-१५ दोस्रो सेट२५-८ र तेस्रो सेट २५-१८ मा स्तब्ध पारेको थियो ।
सेमिफाइनलको खेलमा उत्कृष्ट खेल प्रदर्सन गर्दै
एपीएफकी सरस्वती चौधरी बाग्मती प्रदेशकि साबित्रा रेग्मी प्लेयर अफ म्याच हुन सफल भयका हुन।
प्रतियोगितालाई लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्ले मुख्य प्रबर्द्धको रुपमा सहयोग गरेको हो ।
कर्णाली भिजन । मङ्गलबार, फागुन २२, २०८०