Skip to content
ठाटिकाध गाउपालिका गाउँ कार्यपालिकाको मिति २०८०/१४ र २०८०/०४/१८ गतेको बैठकबाट कर्मचारी हटाइएको सम्बन्धि फरक फरक निर्णय र सो सम्बन्धमा गाउँ कार्यपालिकाबाट विभिन्न समयमा जारी सार्बजनिक सूचना प्रती गम्भीर ध्यानाकर्षण भयकोनेपाल कम्युनिष्ट ( एमाले ) ठाटिकाध गाउँपालिका कमिटी दैलेखले मिति २०८०/५/१९ गतेका दिन प्रेस बिज्ञप्ति निकालेको छ।बिगत लामो समय देखि न्यून वेतनमा स्वास्थ्य,शिक्षा लगायत नागरिकसङ्ग प्रत्यक्ष सरोकार राख्ने विभिन्न अत्यावश्यकिय क्षेत्रमा कार्यरतशिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको मनोबल उच्च राख्न प्रोत्साहन गर्नुको साटाे राजनैतिक पुर्बाग्रह राखी विभिन्न समयमा अनेकन वितण्डा अपनाइ स्वेच्छाचारि तथा मनोमानी ढंगले जागिरबाट बर्खास्त गर्ने सम्मका जुन किसिमका अराजकता मच्चाइ रहेको छ यसको जति निन्दा र भत्सर्ना गरेपनि नपुग्ने सो बिज्ञप्ति मा उल्लेख गरियको छ ।गाउँपालिकाले गरेको निर्णय यथाशिघ्र सच्चाइ पुर्बवत अबस्थामा फर्काउन गाउँपालिकाको ध्यान केन्द्रित गर्दै अन्यथा नागरिकको सुरक्षाका लागि निकट समयमा थप कदम चाल्न बाध्य हुने र आउने परिस्थितिको जिम्मेवारी गाउँपालिका रहने ब्यहोरा सो बिज्ञप्ति मार्फत जानकारी गराइयको छ ।
कर्णाली भिजन । शुक्रबार, साउन १९, २०८०