जनता को बीच मा पुर्व सांसद

नेकपा (एमाले) का नेता एवम् पुर्व माननीय राज बहादुर बुढा दैलेख जिल्ला निर्वाचन क्षेत्र न.२मा उनको पालामा पहल गरिएका योजनाहरुको अनुगमन गरेका छ्न । रामक बिधुत सव. स्टेशन स्याउले गाउँ तार, बजार पक्की हल, नयाँ सडक को काम भैरहेको छ, रामगाढ मोटेला पक्की पुनः काम भैरहेको छ, निर्वाचन क्षेत्र एक सडक अन्तर्गत, डाडाकोट मटेला ठाटिकाध सडक स्याउलेकाध सडक अनुगमन डुङ्गेस्र्‍र पिपलोट सडकको कामको ढिलासुस्ती बारे सरोकार वाला पक्ष सङ्ग छलफल तथा ध्यानाकर्षण गरेका छ्न । त्यस्तै निर्वाचन क्षेत्र भित्रका केन्द्रिय योजना सम्पन्न भयका अनुगमन तथा हुन नसकेका बाकी योजना तीब्र गतिमा सम्पन्न गराउन निरन्तर पहल गरिरहेका पुर्व सान्सद बुढाले जनता बिच जानकारी गराए।गत मङ्सिरमा निर्वाचत सान्सद गाउँ पुग्न ढिलासुस्ती गरिरहेको बेला पुर्व सान्सदले जनता को बिचमा पुगि बिकास निर्माण तथा भाबी बिकास सम्बन्धिका योजनाबारे छलफल गरेको विषय लाई जनस्तरमा स्वभाबिक सकारात्मक टिप्पणी गरियको छ ।